राष्ट्रपति पौडेल आज फिदिम जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज पाँचथर सदरमुकाम फिदिम जाँदैछन । पाँचथर बहुमुखी क्याम्पसमा हुने श्रीमद् भागवत ज्ञान महायज्ञ तथा पाँचथर आध्यात्मिक महोत्सव उद्घाटनका लागि पौडेल पाँचथर जान लागेका हुन् । उनी एक बजे पाँचथर पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले महायज्ञ उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् । राष्ट्रपति आउने कार्यक्रम भएकाले सुरक्षा व्यवस्थ कडा बनाइएको छ । नेपाली सेनाको टोली केही दिनअघि नै फिदिम पुगेको छ । राष्ट्रपति पौडेल महायज्ञमा सहभागी भएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया