अदालतले बिदा नदिए पनि फागुन एकलाई जनयुद्ध दिवसका रुपमा मनाइन्छ:  नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि फागुन एक गतेलाई ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताएका छन । आजबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले विदा अदालतले खारेज गरिसकेकाले त्यसलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताएका हुन । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रुपमा मनाउने स्थिति आउन सक्ने उल्लेख गरे । 
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको उपलब्धिको रक्षा गर्नु आफूहरुको प्रमुख कार्यभार रहेको पनि उल्लेख गरे । 

प्रतिक्रिया