गठबन्धनवाट जनताका दुःख पार लाग्दैन: माधव नेपाल

शक्ति सन्तुलनका लागि मात्रै तालमेल गरेको जिकिर

 
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न नसकिने बताएका छन । नेकपा एकीकृत समाजवादी मधेश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताएका हुन ।  गठबन्धनको अहिले कुनै विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको बताए । 
अध्यक्ष नेपालले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको बताए । वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत उनको थियो । अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्शान पु¥याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताए । 
 

प्रतिक्रिया