प्यालेस्टाइनको गाजाको रफाहमा आक्रमण गलत: बाइडेन

विश्वसनीय कार्ययोजना आवश्यक भएको उल्लेख

अमेरिकाले इजरायल र गाजाका नागरिकको सुरक्षा सुनिश्चितताका लागि गाजाको रफाहमा सैन्य कारवाही गर्नु गलत भएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवादका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलका १० लाखभन्दा बढी मानिसको सुरक्षा गर्न विश्वसनीय कार्ययोजना आवश्यक भएको बताएका हुन । प्रधानमन्त्री नेतान्याहुले भने बाइडेनको सुझावलाई सकारात्मक रुपमा लिँदै इजरायली जनताको सुरक्षाका लागि योजना तयार पार्ने प्रतिबद्धता जनाएका छन । अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलमा भइरहेको सैन्य कारबाही उच्च स्तरको भएको भन्दै प्रतिक्रिया दिएपछि दुई नेताबीच टेलिफोन संवाद भएको हो । इजरायली सेनाहरु इजिप्टको सिमानजिक रहेको रफाह सीमासम्म प्रवेश गर्ने तयारीमा रहेपछि अन्तराष्ट्रिय स्तरबाटै इजरायलको यो कदमको विरोध हुन थालेको छ । कतार, साउदी अरब र इजिप्टले रफाहमा इजरायलले सैन्य कारबाही गरे विनाश निम्तिने चेतावनी दिएका छन् । हमास सशस्त्र समूहले रफाहमा सैन्य कारबाही भए बन्धक रिहाइ सम्झौता अन्त्य हुने प्रतिक्रिया दिएको छ । अन्तर्राष्ट्रिय संघसंघठन र अधिकारकर्मीले पनि उक्त क्षेत्रमा इजरायलको सैन्य कारबाही सञ्चालन भए विनाश भोग्नु पर्ने चेतावनी दिएका छन् । सो क्षेत्रमा चौबीस घण्टामा इजरायली कारबाहीमा कम्तीमा एक सय बाह्र प्यालेस्टिनीको मृत्यु भएको छ । 

प्रतिक्रिया