हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले दिइन राजीनामा

काठमाडौं । हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले राजीनामा दिएकी छिन । बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई आफूले माफी दिएकोमा पश्चाताप गर्दै उनले पदबाट राजीनामा दिएकी हुन । गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुव्र्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको खुलासा भएपछि आलोचना हुँदै आएको थियो । विपक्षले उनको राजिनामा मागेका थिए । नोभाकले टीभीमा लाइभ आउँदै आफ्नो निर्णयप्रति पछुतो मान्दै यो माफी दिनु आफ्नो ठूलो गल्ती भएको बताएकी हुन र माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्यायमन्त्री जुडित वर्गाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावको अभियानबाट फिर्ता भएको घोषणा गरेका छन । गतवर्ष अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेकी थिइन ।  गत हप्ता यी २५ कैदीको नाम सार्वजनिक भएको थियो । तीमध्ये बुडापेस्ट नजिकैको बाल गृहका उपनिर्देशक पनि थिए । यस मुद्दामा निर्देशकलाई पनि आठ वर्षको जेल सजाय सुनाइएको छ ।

प्रतिक्रिया