फ्रान्सवाट सुरु भएको किसान आन्दोलन युरोपका अन्य देशमा पनि विस्तार

काठमाडौं । फ्रान्सवाट सुरु भएको किसान आन्दोलन युरोपका अन्य देशमा पनि विस्तार भएको छ । पछिल्लो समय इटली, पोल्यान्ड, स्पेन, बुल्गेरिया लगायत देशमा पनि किसानहरुले आन्दोलन थालेका हुन । युरोपेली युनियनले वातावरण संरक्षणका लागि भन्दै तरकारी र खाद्यान्न बालीमा विभिन्न विषादी र कृषि प्रविधिमा रोक लगाएपछि प्रदर्शन शुरु भएको हो । युनियन भन्दा बाहिरका देशहरूबाट हुने गरेको सस्तो आयात रोक्नुपर्ने किसानहरुको माग छ ।  किसानहरूले कम उत्पादन मूल्य, बढ्दो लागत, सस्तो आयात र जलवायु परिवर्तन विरुद्ध ईयूका नीतिहरूसँग सम्बन्धित प्रतिबन्धहरूको विरोधमा प्रदर्शन गरिरहेका हुन । किसान आन्दोलनपछि इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले वार्षिक १० हजार ८ सय अमेरिकी डलरसम्मको व्यक्तिगत आयकर छुट दिने घोषणा गरेका छन । त्यस्तै, पोल्यान्डका किसानले युक्रेनसँगको सीमा नाका बन्द गर्न र युक्रेनबाट हुने सस्तो खाद्यान्न र तरकारीको आयत रोक्न माग गरेका छन् उता, स्पेनका किसानले पनि अत्यधिक कर र कठोर वातावरणीय नियमको विरोध गरेका छन ।
 

प्रतिक्रिया