गाजास्थित संयुक्त राष्ट्रसंघको कार्यालय प्रांगणमा हमासको सुरुङ फेला

काठमाडौं । इजरायली सेनाले गाजास्थित संयुक्त राष्ट्रसंघको कार्यालय प्रांगणमा हमासको सुरुङ फेला पारेको दाबी गरेको छ । सेनाले सात सय मिटर लामो र अठार मिटर गहिरो सुरुङ भेट्टाएको हो । सुरुङभित्रै फराकिला कार्यकक्ष समेत देखिएको छ । सो कार्यकक्षमा एउटा ठूलो कोठामा कम्प्युटर सर्भर जडान गरिएको भेटिएको सेनाले उल्लेख गरेको छ । सुरुङ भेटिनुबाट हमासले राष्ट्रसंघीय उद्धार निकायको दुरुपयोग गरेको पुष्टि भएको दाबी पनि इजरायलको छ । प्यालेस्टिनीहरुले भने इजरायलले राष्ट्रसंघको बदनाम मात्र गरेको जवाफ दिएका छन् । राष्ट्रसंघले पनि आफ्ना बाह्र जना कर्मचारीलाई बर्खास्त गरेर अनुसन्धान गरिरहेको छ । जर्मनी, बेलायत र अमेरिकासहित नौ मुलुकले राहत तथा उद्धार निकायलाई हमासले दुरुपयोग गरेको भन्दै यसअघि राहत रोकेका थिए ।

प्रतिक्रिया