साँखुस्थित शालिनदीमा श्री स्वस्थानी ब्रत तथा माधवनारायण मेला चल्दै

काठमाडौं । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी ब्रत तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी ब्रत तथा माधवनारायण मेलामा सहभागिता जनाउने भक्तजनहरुको भिड केही दिनदेखि बढेको छ । शालिनदीमा स्नान गरे मनले चिताएको पूरा हुने जनविश्वास रहेकाले प्रत्येक दिन बिहानैदेखि भक्तजनहरुको भिड लाग्ने गरेको छ ।
बर्षमा एक पटक महिना दिनसम्म लाग्ने मेलामा सहभागी हुँदा मन सान्त हुने सहभागीहरुको भनाइ छ । मेला व्यवस्थापन समितिका अनुसार शालिनदी किनारामा देशभरबाट आएका दुई सय ५० भक्तालुहरु व्रतबास बसेका छन् ।पौष शुक्ल पूर्णिमा देखि शुरु भएको श्री स्वस्थानी व्रत तथा माधवनारायण मेलामा माघ शूक्ल पूर्णिमासम्ममा ३० लाख भन्दा बढि भक्तजन दर्शनका लागि पुग्ने व्यवस्थापन समितिको अपेक्षा छ ।
 

प्रतिक्रिया