पाकिस्तानको आम चुनावमा इमरान खानको पीटीआई पार्टीलाई सफलता

काठमाडौ । पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पीटीआई समर्थित उम्मेदवारले जित हासिल गरेपछि वक्तव्य जारी गरेका छन । भ्रष्टाचारको मुद्दामा जेलमा रहेका खानले आर्टिफिसियल इन्टेलिजेन्समार्फत वक्तव्य जारी गरेका हुन् । पूर्वप्रधानमन्त्रीको पार्टी पीटीआईले सोसल मिडिया साइट एक्समा आफ्नो आवाजमा यो वक्तव्य जारी गरेको हो । यस सन्देशमा अदियाला जेलमा बन्दी खानले भोट गरेर साँचो स्वतन्त्रताको जग बसालेको बताएका छन् । उनले उम्मेदवारलाई २०२४ को चुनाव जितेकोमा बधाई दिएका छन् । उनले यो जीतले कारण लन्डन योजना असफल भएको पनि बताएका छन् । इमरान खानको सन्देशमा पूर्वप्रधानमन्त्री नवाज शरिफविरुद्ध टिप्पणी गर्दै ‘३० सिट पछाडि भए पनि विजयीको भाषण दिएको’ भनेका छन् । उल्लेखनीय के छ भने निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरेको छैन। पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारको अग्रता छ। पीटीआईले चुनावमा धाँधलीको भएको आरोप लगाएको छ तर कुनै प्रमाण पेस गर्न सकेको छैन ।
 

प्रतिक्रिया