कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार

काठमाडौ । कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादीबाट दुई मन्त्री, नेपाली कांग्रेसबाट दुई मन्त्री र दुई राज्यमन्त्री थपगर्दे मन्त्रिमण्डल विस्तार गरेका हुन् । माओवादीबाट  नारायण बुर्जामगर खानेपानी, सिँचाई तथा ऊर्जा  र  राजेन्द्र कार्की सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्  । यसैगरी नेपाली कांग्रेसबाट  स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी राम नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै पद तथा गोपनियताको शपथग्रहण प्रदेशप्रमुख पर्शुराम खापुङसँग लिएका छन् । बरीयतामा मुख्यमन्त्रीपछि प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमल प्रसाद जबेगू, रामकुमार खत्री, नारायणबहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहेका छन् । वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन् । ६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ । 

प्रतिक्रिया