सोनाम ल्होसार पर्वमा प्रतिनिधिसभाका सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन् । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा तामाङ समुदायले मनाउने धार्मिक सांस्कृतिक महङ्खवको सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको कामना गरे । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकाले नै नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको शुभकामना सन्देशमा भनिएको छ । यसैगरि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नोतर्फबाट शुभकामना दिएका हुन् । उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा छन्, सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको सन्देशमा उल्लेख गरेका छन् ।
 

प्रतिक्रिया