चीनसँगको नाका सूचारु गर्ने विषय प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् । शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्न दिएको दाबी गरेका हुन् । उनले सरकारले गरेको पहिल स्वरुप नै तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको दाबी समेत गरे । प्रधानमन्त्री दाहालले कुटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन थप व्यवस्थित बनाउने प्रतिवद्धता पनि जनाए । 
कार्यक्रममा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रको संरचना परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याए । उनले चीनबाट गरिबी निवारण, आर्थिक विकास र प्रविधिका बारेमा धेरै कुराहरु सिक्नुपर्ने बताए । 

प्रतिक्रिया