आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दैछ: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताएका छन् । आज नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपालले उदारताका साथ स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको बताएका हुन । अर्थमन्त्री डाक्टर महतले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको बताएका हुन ।  
मन्त्री महतले सामाजिक सुरक्षा, जेष्ठ नागरिक भत्ता जस्ता नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको उल्लेख गरे । द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको उनको भनाइ छ । नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको मन्त्री ममहतले बताए । उनले संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढेको भएकाले पनि आन्तरिक स्रोत र साधनबाट उठेको राजश्वले राज्यका सबै दायित्वहरू धान्न कठिन हुँदै गएको बताए । 
 

प्रतिक्रिया