माओवादी केन्द्रको स्थायी समिति बैठक आजवाट सुरु हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजवाट सुरु हुँदैछ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने छ । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने तयारी छ । स्थायी समिति बैठकपछि माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक पनि बोलाइएको छ ।  बैठक राष्ट्रियसभा गृहमा बस्नेछ । सो बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ ।  माओवादीको विधान सम्मेलन फागुन १ गतेदेखि ३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ । 
 

प्रतिक्रिया