पाकिस्तानको निर्वाचनमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार अगाडि

पाकिस्तानको निर्वाचन आयोगले हिजो भएको आम निर्वाचनको मत परिणाम आज घोषणा गर्दैछ । पाकिस्तानमा बिहिबार सम्पन्न आम निर्वाचनको जारी मतगणनाले जेलमा रहेका इमरान खानको पार्टीका स्वतन्त्र उम्मेदवारले बलियो अग्रता बनाएका छन । राष्ट्रिय सभा र प्रान्तीय चुनावका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको हो । पाकिस्तान तेहरिक ए इन्साफ पार्टी पीटीआई समर्थक निर्दलीय उम्मेदवारहरूले अहिले १ सय ५० सिटमा अग्रता बनाएको बताएका छन ।  खानको पार्टी पीटीआइलाई निर्वाचन आयोगले चुनाव चिन्ह नदिएपछि पार्टीले स्वतन्त्र उम्मेद्वारमार्फत चुनाव लडेको हो । इमरान समर्थक निर्दलीय उम्मेदवार बहुमतनजिक रहेको आँकडा सार्वजनिक भइरहदा, जेलभित्रै बाट इमरान प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ । यसैगरी, पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग पनि अग्रस्थानमा रहने अनुमान छ । तर सेनाको पनि साथ रहेको भनिएका शरिफको पार्टीले भने अपेक्षित परिणाम ल्याउन सकेको छैन । विजयी सुनिश्चित ठानेर लाहौरको मोडल टाउनमा पीएइल–एनले नवाज शरिफको विजयी भाषणका लागि बनाएको मञ्च भत्काएको छ । पाकिस्तानको राष्ट्रिय सभा कुल ३ सय ३६ सिटमध्ये २ सय ६५ सिटमा बिहीबार निर्वाचन भएको थियो । बाँकी सिट आरक्षित छन् । सरकार बनाउनका लागि १६९ सिट जित्नुपर्ने हुन्छ । वर्तमान सरकारले पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार आरोपमा १४ वर्ष जेल सुनाउँदै उनको पार्टी पीटीआईलाई निर्वाचन लड्न समेत प्रतिबन्ध लगाएको थियो । त्यसपछि पीटीआई समर्थित उम्मेदवारहरु स्वतन्त्र रुपमा चुनाव लडेका थिए । सरकारले पक्रेर जेलमा हालेका कतिपय उम्मेदवाररु जेलबाटै चुनाव लडेका छन् ।। 
 

प्रतिक्रिया