कोशीमा पहिचान पक्षधर र प्रदेश सरकारबीच वार्ता जारी

कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता जारी छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता भैरहेको हो । असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता सुरु भएको हो । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादीको प्रदेश पुनः नामकरण संघर्ष समितिबीच बिहीबार सुरु भएको प्रारम्भिक चरणको वार्ता सकारात्मक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।सरकारसँग भएको वार्तामा आफ्ना माग र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिलगायतका विषयमा सकारात्मक छलफल भएको बताइएको छ । अघिल्लो वर्ष फागुनमा प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षधरले पुनः नामकरणको माग राख्दै आन्दोलन गर्दै आएका छन् । आन्दोलनरत पक्षबाट प्रदेशको नाम कोशी खारेज गरेर पहिचानसहितको नामांकन गर्नुपर्ने, नौ महिनादेखि पुर्पक्षका लागि थुनामा रहेका इलामका आशिष साम्बा लिम्बुको रिहाइ गरिनुपर्ने, खोटाङका गोपाल किराती, इलामका बुलेट किराती, झापाका पाण्डवलाल चौधरीमाथि राज्यले लगाएका मुद्दा खारेज गर्नुपर्ने माग राखेको छ । त्यस्तै प्रहरीको गोली लागेर घाइते भएका दुईसयभन्दा बढीको उपचार राज्यले गर्नुपर्ने माग पनि उनीहरुको छ  । 
 

प्रतिक्रिया