बाँसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता प्रक्रिया सुरु
भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ । च्याम्पियन फुटवेयर प्रालि अर्थात हाल चाँदबाग रेसिडेन्सी प्रालि का सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालय काठमाडौंले पत्र काटेको हो । चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो । यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका अध्यक्ष ठाकुर र बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिनामा पक्राउ परेका थिए । उनीहरू बुधबार हाजिरी जमानीमा छुटेका छनरु। सीआईबीले भने किर्ते र ठगीमा अनुसन्धान जारी राखेको छ । यही प्रकरणमा मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुनअनुसार जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने स्पष्ट गरेको हो । मालपोतले टोखा नगरपालिका–६ का अध्यक्षको रोहवरमा चाँदबागका सञ्चालक समिति अध्यक्ष ठाकुरका नाममा पत्र काटेको हो ।
प्रतिक्रिया