चीन र नेपालबीच शनिवार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल हुने

मैत्रीपूर्ण फुटबलमा चीनसँग खेल्ने राष्ट्रिय युवा फुटबल टिमको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले चीनको युवा टिमसँग खेल्न यू–२३ फुटबल टिमको घोषणा गरेको हो । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल शनिबार हुन लागेको हो । 
नेपालको युवा टिमलाई मुख्य प्रशिक्षक भिसेन्जो एनिसले हेर्नेछन् ।नेपाली टिममा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, बिशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जिव विष्ट, लाकेन लिम्बु, उत्सव राई समेटिएका छन । यस्तै सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुश घलान, एरिक विष्ट, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी र अन्जल महर्जन नेपाली टिममा परेका छन । नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तिय टिम बिहीबार नेपाल आइसकेको छ । मैत्रीपूर्ण खेल दिउँसो ३ बजे सुरु हुनेछ भने साधारणतर्फ ३ सय र भिआईपीतर्फ ५ सय टिकट दर तोकिएको छ ।

प्रतिक्रिया