महाकुलुङ गाउँपालिकामा आयोजित कानुनी सचेतना कार्यक्रम सम्पन्न

महाकुलुङ गाउँपालिका सोलुखुम्बुको आयोजनामा ३ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडाबासीहरु लाई कानुनको न्युनतम जानकारी दिने उद्देश्यले संचालित सचेतना कार्यक्रममा वडाबासिको उल्लेख्य सहभागिता रहेको पालिका उपाध्यक्ष बिपना कुलुङ राईले जानकारी दिइन । सानातिना बिबाद, लेनदेन , साधसिमाना , गालिगलौज जस्ता बिषयमा कानुनमा भएका प्रावधान र बिबाद निरुपणका लागि अपनाइने प्रक्रियाका बारेमा सहभागीहरु लाई जानकारी दिइएको थियो । ३ दिनसम्म चलेको सचेतना कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकि पुर्व उपप्रमुख कल्पना राई लगायतको उपस्तिथि रहेको थियो । स्थानीय तहहरुमा पछिल्लो समय यस्ता कार्यक्रमहरु तीब्र रुपले अगाडी बढी रहेका छन ।

Open photo

 

 

 

प्रतिक्रिया