काभ्रेमा आजदेखि ट्राफिक सप्ताह सुरु

सवारी दुर्घटना न्युनिकरणका लागि काभ्रेमा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिनमा आज बनेपामा सचेतनामुलक ¥याली निकालिएको छ । अभियान शुभारम्भ कार्यक्रममा सरोकारवालाहरुले चालक र यात्रीको संयमता, साक्षरता र सचेतनाले मात्रै दुर्घटना न्यूनीकरण हुने बताए । 
मोटरसाइकल जस्ता साना सवारी बढी दुर्घटनामा परेको तथ्यांक रहेको भन्दै सहभागीहरुले सडकको अवस्था, यान्त्रिक गडबढी र चालकको लापरबाहीले दुर्घटना हुने गरेको बताइन । अभियान अन्र्तगत एक सातासम्म विभिन्न कार्यक्रम हुनेछन । शुक्रबार स्वयंम सेवक परिचालन गरि सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाइनेछ । शनिबार ग्रामिण सडक लक्षित प्रशिक्षण, बढि भाडा अनुगमन, माक्स वितरण गर्ने, सिट क्षमता भन्दा बढि यात्रु अनुगमनको तयारी छ । त्यस्तै चालकलाई प्रशिक्षण, स्वास्थ्य परीक्षण हुनेछ । 
 

प्रतिक्रिया