नेपालका तयारी पोशाक व्यवसायीहरुले अमेरिकामा सहभागिता जनाउने

नेपालका तयारी पोशाक व्यवसायीहरुले संयुक्त राज्य अमेरिकाको लास भेगासमा हुने सोर्सिङ एट म्याजिक—२०२४ मा सहभागिता जनाउने भएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाल तयारी पोशाक उद्योग संघले मेलामा सहभागी हुन छ सदस्यीय टोली अमेरिका जाने जानकारी दिएको हो । मेलामा सहभागिताका लागि सरकारले २५ लाख रुपैयाँ सहयोग समेत उपलब्ध गराएको छ । 
मेलामा सहभागी हुन पशुपतिदेव पाण्डेको नेतृत्वमा ६ सदस्यीय टोली अमेरिका जाने भएको हो । टोलीमा वसन्तराज अधिकारी, थोमनाथ बस्याल, शिव भट्ट, सुरेशमान श्रेष्ठ र गणेशराज पाण्डे  सदस्य छन । नेपाल तयारी पोशाक उद्योग संघसंग आवद्ध सदस्य उद्योगीहरुले सञ्चालन गर्न नसकेका रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई नेपाल सरकारले रुग्ण उद्योग सरहको मान्यता दिई तदनुरुप सेवा, सुविधा प्रदान गरिनुपर्ने माग गरेका छन् । 
 

प्रतिक्रिया