मानसिक रोग नेपालमा चुनौति बन्दैछः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौति बनिरहेको बताएका छन । आज ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताएका हुन । मन्त्री बस्नेतले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताए । 
मन्त्री बस्नेतले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताए । मानसिक रोगी किन बढीरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले मानसिक रोगको निवारणका लागि आवश्यक परे कानून समेत बनाएर अघि बढ्नुपर्ने पनि उल्लेख गरे । 

प्रतिक्रिया