कोशी प्रदेश सरकार र पहिचान पक्षधर बीच आज वार्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/koshi%252520preseh_oZdpZF41Vz_ekgo9bd7otoflx4iw8knlw8l4qihqtpbyakusnow6leicgp6vtonwkradrw0_s5kA3n3H2F_he45hzqx62w1eprcnqrvx45bhtdsrujpzloxghtjrmabeo1hixom6qhti3nw_J4A0b7kBzi_zyxrgvixnmkixz3ewmiw6cnhmenyf1szx6ixbdxhftq7ozhxc5mvynv4ylki.jpg)
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति’ले वार्ता समिति गठन गरेपछि आज दिउसो सरकारसँग वार्ता हुन लागेको हो । वार्ता दिउँसो तीन बजेपछि विराटनगरको एक होटलमा हुने तय भएको छ । मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । संयुक्त संघर्ष समितिको बैठकले पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम सहित सहभागी समिति बनाएको छ । हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनमा छन् । वार्तामा कोशी प्रदेश नाम खारेज गरी पहिचानसहितको पुनः नामांकन गर्नुपर्ने मुख्य एजेण्डा उठाउने असन्तुष्ट समूहको तयारी छ ।
![कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/Pm%2520Photo_unnbtCexkC_9w0p8i9epwdtagattugx0hkyijezc2tn0p7l5ddmivhgxocu9dcpgowqtygg_WhKs2rUVtM_qydaiy0smsz8bycw9smc4q6mccnrsohjneujmpen0kywicgdx3ejjqn1nxfe.jpeg)
कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
![अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/hatpat%2520dinesh_Dh42PDEzsc_ikjktunel0ktidkjwwqhpedtvgtk9g6kwgh4zbzatpehmoect5jcnhpppnkp_weMs43KnDR_45tt41fkbgm2ocrdrre0lfgb3bo3m7ldshpmev67lytv5bhxvsn1b83l51w2.jpg)
अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
![दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_7133_KQrQeDfaAa_aguzba7gyoa3hsowlxvslrkayxyii3kh63kcp4uco51jb4wjitcfplfhebrq_o5SzgMiwgG_xqm3s0qfu7vagkpda7er1gvndpj0rheaqpflz2bzjcdrraw5w4kjgyrggr8z.jpg)
दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’
![काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो](https://snowberry.prixacdn.net/media/gallery_folder/202502051742-ed23e1f6-e112-4d92-84a1-772a602488e6_medium_t0xKwExeAK_ymokqbcp87ry4u9tddovgdyep7lfaaxud4jo0cdusd0bmc3cemuywh2j4xlu_hW5XhTRXmY_zcoxfqhvj8po0sfci90prpidrbeq8rg25ujr5zzq6x0tylnatgividblhfo8.jpeg)
प्रतिक्रिया