अछामको मेल्लेखमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

अछाममा आगलागी हुँदा दुई बालबालिकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार घर नजिकै बालेको आगो गोठमा सल्किँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको हो । आगो स्थानीय र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन ।  क्षतिको पूर्ण विवरण संकलन गर्नै बाँकी रहेको प्रहरीले जनाएको छ । चार दिनअघि मात्रै डडेलधुरा र मुुगुमा आगलागीमा परेर चार जनाको ज्यान गएको थियो । जाडोको बेला आगो ताप्दा र हावाहुरी चल्ने बेला आगोको काम गर्दा विशेष ख्याल गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् । 

प्रतिक्रिया