नेपाल र क्यानडाबीच तीन एकदिवसीय खेल आजबाट सुरु

नेपाल र क्यानडाबीच तीन एकदिवसीय खेल आजबाट सुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालबाट देब्रेहाते स्पिनर सूर्य तामाङ र देब्रेहाते मध्यमगतिका बलर रिजन ढकालले डेब्यु गरेका छन । आइसिसी विश्वकप लिग टु को तयारी स्वरुप नेपालले आजबाट क्यानडासँग खेल्न लागेको हो । रोहित पौडेलको कप्तानीमा रहेको नेपाल जितको लक्ष्यसहित मैदान छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३ औं प्रतिद्धन्दी हो । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो । नेपाल र क्यानडाबीचको तीन खेलको ओडीआई सिरिज माघ २५ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने छ । नेपालले आईसीसी विश्वकप लिग टु को पहिलो सिरिजअन्तर्गत फागुन ३ देखि १२ गतेसम्म नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने छ ।
 

प्रतिक्रिया