प्रतिनिधि सभाको बैठकलाई प्रमुख दलका नेताहरुद्वारा सम्बोधन

संबिधान कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । आजको बैठकमा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले वर्तमान सरकार इतिहासकै नालायक, गतिहिन र जवाफदेहिता विहिन भएको बताए । सरकारको जनताको सुन्ने कान र देख्ने आँखा समेत नभएको भन्दै शुन्य समयमा बोलेको कुराको महत्व समेत नभएको उनको भनाइ छ । 
प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले न्यायपालिकाले संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास आयोजना खारेज गरेको भन्दै व्यवस्थापिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्न नपाउने बताए । 
प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले सहकारीमा जनताले बचत गरेका पैसाको दुरुपयोग भइरहेको भन्दै देशभरका सहकारी संस्थाहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए । 
प्रतिनिधि सभा सदस्य असिम साहले पुष १३ गते ललितपुरको बालकुमारी र सर्लाहीमा युवकहरुको ज्यान गुमाएको सम्बन्धमा छानबिन गर्न गठिन आयोगहरु मौन बसिरहेका भन्दै प्रश्न गरे । 
प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले गत आर्थिक वर्षमा काम सम्पन्न गरिसकेका निर्माण व्यवसायीलाई भुक्तानी नदिइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 
सांसदहरुले आन्तरिक बसाईसराइको अवस्था चिन्ताजनक भएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए । नेपालको न्यायपालिका भ्रष्ट र परिवर्तन बिरोधी बनेको सांसदहरुको भनाइ थियो । शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि आ–आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको काममा सुस्तता आएको विषयपनि उठाएका छन । 

प्रतिक्रिया