बेथितिमा चलेको बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने काम गरें: अर्थमन्त्री

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन । इकोनोमिक मिडिया एशोसिएशन नेपाल इमानले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने जानकारी दिएका हुन । मन्त्री महतले श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको जानकारी दिए । 
अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । माफी गर्नसक्ने आर्थिक श्रोत  देशको नरहेकाले ऋण माफी नहुने उनको भनाइ छ ।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरे । 
अध्यक्ष ढकालले करिव २५ देखि ३० वटासम्म कम्पनीहरु नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही महिना यता रोकिएको भन्दै असन्तुष्टि जनाएका हुन । धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने उनको भनाइ थियो । 

प्रतिक्रिया