परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री एनपी साउद आज अष्ट्रेलिया प्रस्थान गर्दै छन् । अष्ट्रेलिया सरकार र इण्डिया फाउण्डेसनलेमाघ २६ र २७ गते पर्थमा आयोजना गर्ने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद पर्थ जान लागेका हुन । साउदले यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम पनि छ । परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जाने कार्यक्रमपनि छ । बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबीच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया