सिद्धान्तबाट विचलित छैन, अर्थतन्त्र सबल नभइ प्रदेश चल्दैनः सभामुख,कोशी

कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसक्ने बताएका छन । कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चार माध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैल्याइएको भन्दै उनले आफूले जनताबाट निर्वाचित हुँदा र सभामुख भइसकेपछिको सिद्धान्तमा परिवर्तन नगरेको बताएका हुन ।  सभामुख बिष्टले सर्वसम्मत निर्वाचित भइसकेपछि संविधान बमोजिम पदिय दायित्वअनुसार काम गर्ने स्पष्ट पारे । 
देशको अवस्था आर्थिक रुपमा मजबुत नरहेकाले प्रदेश संरचना सञ्चालन चुनौतिपूर्ण रहेको भन्दै सभामुख बिष्टले अर्थतन्त्र बलियो बनाउन नसके प्रदेश संरचनामा निरन्तर प्रश्न उठ्ने दाबी गरे । उनले संसदीय समितिका सभापतिहरु चयन नभएकाले सभापति चयन गर्नेकुरामा र कानून निर्माण गर्ने कुरामा आफ्नो बढी ध्यान केन्द्रित हुने बताए । संसदलाई नियमित रुपमा बिजनेस दिन सरकारलाई सजग गराइरहने पनि सभामुख बिष्टले स्पष्ट पारे । सरकारले स्थायित्व पाए मात्रै विकास निर्माणका काम अघि बढ्न सक्ने भन्दै स्थायित्व दिन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया