नागढुंगा–सिन्नेखोला सुरुङमार्ग फागुन २३ मा 'ब्रेक थ्रु'

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ । आज राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी भैरहेको जानकारी दिएका  हुन । सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौंतर्फ मुआब्जा लगायतका समस्या अझै केही बाँकी रहेको पनि उनले बताए । 
मुख्य सुरुङ २ दशमलब ६ सय ८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको छ । समिति बैठकमा सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने बताए । 
२०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने भन्दै सांसदहरुले आयोजनालाई सचेत गराए । नागढुङ्गा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ) को ‘ब्रेक थ्रु’ यसअघि नै भैसकेको छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको २.६ किमी लम्बाइ रहेको छ ।। 

प्रतिक्रिया