राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गर्छ: अध्यक्ष दाहाल

कांग्रेस गठबन्धनका इमान्दार नभएको सांसदहरुको आरोप

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलले दाबी गर्ने बताएका छन् । माओवादी संसदीय दलको बैठकमा आज प्रधानमन्त्री तथा अध्यक्ष दाहालले राष्ट्रियसभा अध्यक्षमा सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो दलको दाबी रहने बताएका हुन । बैठकमा अधिकांश सांसदहरुले पनि राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलले दाबी गर्नुपर्ने बताएका थिए । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने सार्वजनिक भइरहेका बेला माओवादी अध्यक्ष तथा प्रधानमन्त्रीले खुलेरै आफ्नो दलको दाबी प्रस्तुत गरेका हुन । प्रधानमन्त्रीले यसबारे गठबन्धन बैठकमा कुरा राख्ने जवाफ सांसदहरुलाई दिएका छन ।  बैठकमा अधिकांश सांसदहरुले संसदीय दल बैठकमा कांग्रेस गठबन्धनका क्रममा इमान्दार नभएको आरोप समेत लगाएका छन । बैठकमा अध्यक्ष दाहालले सांसदहरुलाई प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन ।  बैठकमा प्रधानमन्त्री दाहालले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका हुन । चालु अधिवेशनमा सत्य निरुपण तथा बेपत्ता छानविन लगायत संघीयता कार्यान्वयनसम्बन्धी महत्वपूर्ण कानुन संसदमा पेस गर्ने सरकारले तयारी गरेको भन्दै प्रधानमन्त्री दाहाले संसदमा प्रभावकारी रुपमा बहस गर्न समेत निर्देशन दिएको हुन । बैठकमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको छ । संसदरुरु्को तेस्रो हिउँदे अधिवेशन सोमबारदेखि सुरू भएको छ । यो अधिवेशनमा महत्वपूर्ण विभिन्न विधेयकहरू पारित गर्ने सरकारको तयारी छ ।। 

प्रतिक्रिया