दुई न्यारोबडी जहाज भाडा लिन  निगमद्वारा टेन्डर आह्वान

चिनिया जहाज बिक्रीका लागि दोस्रोपटक लिलामीको सूचना

नेपाल वायुसेवा निगमले दुई न्यारोबडी जहाज भाडामा लिने तयारी गरेको छ । निगमले आज  सार्वजनिक सूचना निकालेर जहाज भाडाका लागि टेन्डर आह्वान गरेको छ । यसका लागि कम्पनीहरूलाई कागजात पेस गर्न आग्रह गरेको छ । इच्छुक कम्पनीले आगामी मार्च २२ सम्ममा आवेदन दिन सक्ने निगमले जनाएको छ । त्यस्तै निगमले चिनियाँ ५ वटा जहाज बिक्री गर्न पुनस् टेन्डर आह्वान गरेको छ। पहिलो सूचना अनुसार टेन्डर नपेरपछि अक्सनबाट बिक्री गर्नको लागि पुनः टेन्डर आह्वान गरेको हो । निगमले डिसेम्बर २१ मा पहिलो सूचना जारी गरेको थियो ।  ६ फेब्रुअरीसम्म सहभागिता नभएपछि २१ फेब्रुअरीसम्मको लागि भाग लिन आह्वान गरेको छ । चीनबाट ऋण र अनुदानमा अएका २ वटा एमए ६० र ३ वटा वाई १२ जहाज अहिले ग्राउन्डडेड रहेका छन् ।  निगमले सञ्चालन गर्दा नाफाभन्दा बढी घाटा भएसँगै जहाज सञ्चालन गर्न बन्द गर्ने निर्णय गरेको छ । 
 

प्रतिक्रिया