एमाले अध्यक्ष ओली झापामा

नेकपा एमालेका अध्यक्ष केपी ओली आज झापा पुगेका छन  । ओलीले आज झिलझिलेको वाटर पार्कमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने र झापा इनर्जीको परियोजना उदघाटन गर्ने कार्यक्रम छ । उनले झापाको शिवसताक्षी नगरपालिकामा रहेको सो परियोजना उदघाटन गर्न लागेका  हुन । परियोजनाको निर्माण लागत ८५ करोड रुपैयाँ रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने अपेक्षा छ । २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर परियोजना निर्माण थालिएको हो । 

प्रतिक्रिया