सर्लाहीमा नापी कार्यालयका कर्मचारी चढेको जीप दुर्घटना, एकजनाको मृत्यु

सोमबार साँझ सर्लाही सदरमुकाम मलंगवामा भएको दुर्घटनमा घाइते एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते सर्लाहीको बागमती नगरपालिका– ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको हो । उनी नापी कार्यालय सर्लाहीमा कार्यरत कार्यालय सहयोगी हुन । दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका छन । उनीहरुको सर्लाही र वीरगञ्जका अस्पतालहरुमा उपचार भैरहेको छ । दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन् । घाइतेमध्ये कार्यालय प्रमुख काभ्रेको बनेपाका सञ्जय मानन्धरसहित ३ जनाको अवस्था गम्भीर छ । सोमबार साँझ बीआर ०६ पिडी ९६४८ नम्बरको जिप  मलंगवा–नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज १ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो । जीप  मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा उखु बोकेको ट्याक्टरको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ ।। 

प्रतिक्रिया