बेलायतका राजा चाल्र्स तृतीयलाई क्यान्सर, दरबारमै राखेर उपचार

बेलायतका राजा चाल्सलाई  क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चाल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चाल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो । उनलाई लण्डनस्थित दरबारमै राखेर उपचार गरिँदैछ । विभिन्न परीक्षणपछि राजा चाल्सलाई क्यान्सर पुष्टि भएको हो । चाल्र्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन । ७५ वर्षिय चाल्र्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिइएको छ । प्रधानमन्त्री ऋषि सुनकले साप्ताहिक रूपमा राजालाई भेटेर प्रशासनिक काम गर्ने बताइएको छ । चाल्र्सलाई क्यान्सर पुष्टि भएसँगै अमेरिकामा रहेका राजकुमार ह्यारीले पिता चाल्ससँग कुराकानी गरेका छन । साथै उनी बेलायत फर्किने भएका छन् । केही समय छुट्टीमा रहेका राजदरबारका उत्तराधिकारी युवराज विलियमले यसै हप्ताको अन्त्यबाट आफ्नो जिम्मेवारी समाल्ने बताइएको छ । चार्ल्स राष्ट्र प्रमुख रहेका अस्ट्रेलिया र क्यानडाका सरकारले पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले चार्ल्सलाई क्यान्सर लागेको समाचारले आफूलाई चिन्तित बनाएको भन्दै स्वास्थ्य लाभको कामना गरेका छन् । सेप्टेम्बर २०२२ मा तत्कालीन महारानी एलिजावेथ द्वितीयको निधनपछि बेलायतको सिंहासन राजा चाल्र्सले सम्हालेका थिए । 

प्रतिक्रिया