उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आयोगको आह्वान

निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ । रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आज आह्वान गरेको हो । यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन् । जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छरु। आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छन रु। नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छन्रु। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद रिक्त छन रु। कोशी प्रदेशको इलाम–२ प्रतिनिधि सभा निर्वाचन र सुदूरपश्चिमको बझाङ एकको एक मा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रिक्त छन रु। २३ प्रतिनिधिको निधन भई पद रिक्त भएका छन रु। दुई जना वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त भएका छनरु।। 

प्रतिक्रिया