हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन ।आज जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्य निरुपण र बेपत्ता छानविन सम्बन्धित विधेयकको मस्यौदामा सहमति खोज्नुपर्ने बताएका हुन । अध्यक्ष ओलीले मानवता बिरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी र दण्डहिनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताए । 
अध्यक्ष ओलीले पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानून बनउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने स्पष्ट पारे । संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको समेत उनले आरोप लगाए । 
अहिले संघीयताको बिरुद्धमा प्रश्न गर्नु भन्दा पनि सही ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ छ । प्रहरी राजनीतिकर्मीहरुले चलाएका कारण बिग्रिएको भन्दै प्रहरीलाई आफ्नै हिसावले चल्न दिनुपर्नेमा उनले जोड दिए । अध्यक्ष ओलीले जनता सचेत नभएसम्म तेस्रो दलले सरकार चलाउने अवस्था आइरहने उल्लेख गरे । 

प्रतिक्रिया