स्थापना दिवसको रूपमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

लुम्बिनी प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको अवसर सार्वजनिक बिदा दिइएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो ।  यस वर्ष दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउने निर्णय सरकारले गरेको हो । आज लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा भब्य समारोहको आयोजना गरिएको छ । औपचारिक रूपमा दिवस मनाउन सरकारले सबै तयारी गरेको छ । प्रदेश सरकारले स्थापना दिवसको दिन आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ । प्रदेश स्ताथापनाको यो अवधिमा प्रदेश सभाबाट ऐन निर्माण गर्नेदेखि सरकारले जन सरोकारको पक्षमा काम गरिरहेको जनाएको छ । तर, संघीयतालाई बलियो बनाउनेगरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुनहरु भने पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् । अहिलेसम्म प्रदेशले चार जना मुख्यमन्त्री र अन्य मन्त्री, सांसदले जिम्मेबारी पाएका छन । मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले प्रदेशको औचित्य पुष्टी गर्नेगरी प्रदेश सरकार जनताको घरदैलोमा पुग्न आफुले रोड म्याप तयार पारेको दाबी गर्छन । पाँच वर्षे कार्यकालमा प्रदेश सभाबाट ७२ वटा ऐन बनेका छन ।।

प्रतिक्रिया