मेलम्ची खानेपानीस्थलवाट रास्वपाको दवाव यात्रा सुरु

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म आज दबाब यात्रा गर्दैछ । आज मेलम्ची नगरपालिका—११ स्थित परियोजनाको कार्यालयबाट सांसद सोबिता गौतमको नेतृत्वमा दबाब यात्रा हुने भएको हो । उनलाई पार्टी सभापति रवि लामिछानेले ब्यानर हस्तान्तरण गरेर दबाब यात्राको सुरूआत हुने र यात्रा करिब २४ किलोमिटर हुने रास्वपाले जानकारी दिएको चछ । मेलम्ची परियोजनाको दीर्घकालीन हितमा काम नगरी अस्थायी तवरले पानी पथान्तरण गर्ने सोच राखिएको र आयोजना समयमा पूरा नभएको भन्दै रास्वपाले दबाब यात्रा गर्न लागेको पार्टीले जनाएको छ । रूग्ण र अलपत्र पारिएका विकास योजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरू गरेको हो । पहिलो चरणअन्तर्गत् माघ २१ देखि चैत २१ सम्म प्रत्येक प्रदेशका तीन—तीनवटा योजनामा दबाब यात्रा गर्ने रास्वपाले घोषणा गरिसकेको छ ।। 
 

प्रतिक्रिया