सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा परेको छैन: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने प्रष्ट्याएका छन् । पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै नेता, कर्मचारी उद्योगी जो भएपनि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन नसकिँने बताउँदै गल्ती गर्ने उद्योगीलाई पक्राउ गर्दा बक्तव्यबाजी गर्नुको अर्थ नभएको बताए ।  
उपप्रधानमन्त्री श्रेष्ठले कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने बक्तव्यबाजी र दबाब सुरु हुने गुनासो गरे ।  कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले दबाब, हस्तक्षेपको प्रक्रिया भइरहे देशलाई फेर्न नसकिने पनि उल्लेख गरे । सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागीदार वा सत्तासँग पहुँच भएका राजनीतिक नेताहरु र कर्मचारीहरुको संलग्नता वा उनीहरुलाई प्रयोग गरेर हुने जालसाजी, कीर्ते, ठगी र राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिइने श्रेष्ठले बताए । बैंकसँग ऋण लिएर ऋण तिर्दिन भन्दै अवाञ्छित माग राखी शान्ति सुव्यवस्थामा खलल पु¥याउने, सामाजिक सञ्जालको दुरुपयोग गरी धार्मिक तथा जातीय अतिवाद बढाउने, सहिष्णु समाजको सद्भावमा विग्रह ल्याई निहित स्वार्थ पूरा गर्ने प्रवृत्ति देखा भन्दै उनले चिन्ता समेट प्रकट गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा भारतसँग र चीनसँग जोडिने सीमानाका रहे पनि त्यसको अपेक्षित लाभ लिन नसकिएको बताए ।
 

प्रतिक्रिया