राष्ट्रिय स्वतन्त्र पार्टीको ‘राष्ट्रव्यापी दबाब अभियान’ आइतबारदेखि २१ चैतसम्म चल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आइतबारदेखि २१ चैतसम्म चल्ने भएको छ । यसअघि नै २१ माघदेखि अभियान सुरु गर्ने तय गरे पनि रास्वपाले अवधिको टुंगो लगाइसकेको थिएन । २१ चैतसम्म तय भएको अभियान पहिलो चरणको हो । रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियानको सिन्धुपाल्चोकको मेलम्चीबाट रास्वपाका सभापति रवि लामिछानेले सुरु गर्दैछन् । मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन÷तीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने रास्वपाले जनाएको छ । विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया