सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको आरोप लगाएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तामा अडिरहने बाहेक सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा केही पनि काम नगरेको आरोप लगाएका हुन् । उनले सरकारले दिगो विकास लक्ष्य विपरित रेमिटयान्सको भरमा देश चलाउने सोच लिइरहेको समेत बताए । अध्यक्ष ओलीले सरकारले जाजरकोट लगायतका क्षेत्रमा भूकम्प पीडितको पक्षमा अझै पनि आवास निर्माणको काम गर्न नसकेको भन्दै आक्रोश समेत पोखे । सरकारले जनताको पीरमर्कामा साथ दिने काम नगरेको अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया