देश अफ्ठ्यारो स्थितिमा रहेको एमाले उपाध्यक्ष पौडेलको भनाइ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् । शनिवार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे । उनले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने उनको दाबी छ । उनले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको आरोप लगाए । उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताए ।

प्रतिक्रिया