प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न पूर्वराजालाई माधव नेपालको सुझाव
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न पूर्वराजालाई सुझाव दिएका हुन् । उनले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम गरिरहेको पनि बताए । अध्यक्ष नेपालले राजाको पालामा प्राकृतिक स्रोत साधन, लुम्बिनी विकास कोष, पशुपति विकास कोष लगायतका क्षेत्रमा एकलौटि कब्जा गरेको आरोप समेत लगाए ।
अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको पनि बताए । उनले अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको जिकिर पनि गरे ।
अध्यक्ष नेपालले विश्वविद्यालयहरुमा विद्यार्थीहरु कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको पनि उल्लेख गरे ।
प्रतिक्रिया