झापाका तीन स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले झापाका तीन स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बिओपी स्थापना भएका छन् । आपराधिक गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले स्थापना भएका बिओपीको उदघाटन गरिएको हो । कचनकवल गाउँपालिका–४ डाँगीबारी, गौरीगञ्ज गाउँपालिका–४ अन्तामारी र गौरीगञ्ज–२ लालमाटीस्थित बिओपीले सीमा क्षेत्रमा हुने चोरी तस्करी र अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास गरिएको छ ।  
बीओपीको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, सशस्त्र प्रहरी बल नम्बर १ बराहा बाहिनीका प्रमुख प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल लगायतले संयुक्त रूपमा उदघाटन गरेका हुन । झापामा एक सय ४४ किलोमिटर लामो भारतसँगको खुला सीमाना छ । दुई देशबीच नौ सय ९५ सीमा स्तम्भ, चार सीमा सुरक्षा गुल्म र १७ बिओपी छन् । झापामा १५ बिओपी थप्न प्रस्ताव गरिएको छ । हाल देशभरका सीमा क्षेत्रमा दुई सय ५० बिओपी छन । त्यसलाई बढाएर पाँच सय पु¥याउने लक्ष्य सशस्त्रले राखेको छ ।

प्रतिक्रिया