वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपललामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गरेका हुन । अध्यक्ष ओलीले वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको र लोकतान्त्रिक पद्धति नै मासेको आरोप समेत लगाए । 
अध्यक्ष ओलीले सम्पूर्ण तयारी गरिसकेपछि स्काउटको अधिवेशन रोकेको भन्दै प्रधानमन्त्री दाहालप्रति असन्तुष्टि प्रकट गरे । फरक प्रसंगमा अध्यक्ष ओलीले नेपालका बैंकहरु मिटरब्याजी भएको आरोप समेत लगाए । 
अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको बताएका हुन । उनले बैंकको ऋण सदुपयोग भए÷नभएको अध्ययन र अनुगमन गर्न आवश्यकता औल्याए । अध्यक्ष ओलीले नेपालमा बीमा कर कापले गर्ने गरेको पनि बताए । देश अहिले राजनीतिक,सामाजिक र आर्थिक हिसावले अफ्ठ्यारो स्थितिमा रहेको उनको भनाइ थियो । 

प्रतिक्रिया