प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीविच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीविच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा समसामयिक विषय, संसद अधिवेशन र विचाराधिन विधयेकमा केन्द्रीत भएर छलफल भएको बताइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच करिव एक घन्टा कुराकानी भएको हो । भेटमा सत्य निरुपण तथा बेपत्ता छानविन विधयेकमा साझा मत बनाउने प्रयासका विषयमा पनि कुराकानी भएको बुझिएको छ । संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबिच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्री दाहालसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् । एमाले अध्यक्ष ओली आजै धादिङ जाँदैछन । उनले आज धादिङबेसी खुल्ला मञ्चमा आज हुने एमाले धादिङको जिल्ला अधिवेशन उदघाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।। 
 

प्रतिक्रिया