उच्च पहाडी र हिमाली जिल्लामा हिमपात

मौसममा बदली भई देशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । सुदुरपश्चिम, कर्णाली र गण्डकीका हिमाली जिल्लाका साथै गोरखा, काठमाडौं आसपासको दामन र चन्द्रागिरीमा पनि हिमपात भएको छ । हिमपात र चिसोले उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसान हिउँ पर्न थालेपछि खुसी भएका छन् । जाजरकोटमा हिमपात र वर्षाले भुकम्पपीडित मारमा परेका छन ।  बुधबार रातिबाट सुदूरपश्चिमका पहाडी भेकमा पानीसँगै हिमपात भएको हो । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही प्रदेशमा हल्लका वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने भएको हो । आज र भोलि बुधबार र बिहीबारको तुलनामा मौसममा केही सुधार हुनेछ । यद्यपि, आइतबारबाट पुनः नेपालमा नयाँ प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना बढ्ने मौसमविद्को भनाइ छ । आइतबारदेखि पश्चिमी वायु पुनः बलियो हुँदा देशका धेरै स्थानमा बदली, वर्षा र हिमपात हुनेछ । पश्चिमी वायु सक्रिय भएसँगै बर्षाको सम्भावना पनि छ । 
 

प्रतिक्रिया