सिरिया र इराकका ईरानी केन्द्रमा आक्रमण गर्ने अमेरिकाको तयारी

लालसागरमा हुथी बिद्रोहीले पश्चिमा जाहाजमाथि आक्रमण बढाउदै

अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ । अमेरिकी सुरक्षा एजेन्सीले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा  आक्रमणको लागि अनुमति दिएको हो । अमेरिकाले सिरीया र इराकमा इरान समर्थित समुहमाथि श्रृंखलाबद्ध आक्रमण गर्ने जानकारी गराएपनि उक्त आक्रमण कहिले सुरु हुन्छ र कति दिनसम्म चल्छ भन्नेबारे केही खुलाएको छैन । सिरियाको सीमा नजिक रहेको जोर्डनको एक अमेरिकी सैन्य आधार शिविरमा गत आइतबार भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले जवाफी कारवाहीको तयारी गरेको हो । इराकमा सक्रिय ‘इस्लामिक रेसिस्टेन्स’ नामको उक्त समुहलाई इरानले आर्थिक तथा सैन्य सहयोग गर्ने गरेको अमेरिकी आरोप छ । तर इरानले भने अमेरिकी दाबी अस्वीकार गरिरहेको छ । यमनमा हुथी विद्रोही विरुद्ध बारम्बार संयुक्त आक्रमण गरेपनि आफ्ना जहाज जोगाउन अमेरिका र बेलायत असफल हुदै गएका छन् । हुथी समूहले पश्चिमा जाहाजमाथि आक्रमण बढाउदै गर्दा अमेरिका र बेलायत रक्षात्मक बन्दै गएको छ ।  गत जनवरी ११ बाट अमेरिकाको नेतृत्वमा आक्रमण सुरु भएयता रेड सी बाट हुने व्यापार ढुवानी २९% ले घटेको छ । इजरायलसँग जोडिएका जहाजमा आक्रमण केन्द्रित गरेको हुथीलाई अमेरिकाले जिस्काएपछि बेलायत र अमेरिकासँग सम्बन्धित जाहाजलाई हुथी समूहले निशाना बनाएको छ ।विस्फोटक पदार्थ बोक्ने क्षेप्यास्त्र र ड्रोन  मात्र प्रयोग गर्ने हुथी समूह अहिले यमनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र प्रयोग गर्न थालेका छन् । 
 

प्रतिक्रिया