कर्णाली प्रदेशमा हिमपात सुरु

कर्णाली प्रदेशमा यो वर्षको पहिलो हिमपात सुरु भएको छ । बुधबार साँझ एक्कासि बादल लागेर गएरातिदेखि हिउँ पर्न थालेको हो । जुम्लामा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । हिउँ पर्दा किसानहरू खुसी छन् । स्याउ बगैंचादेखि हिउदेबाली सप्रने भएपछि किसान खुसी भएका छन । उच्च क्षेत्रमा आधा फिट र तल्लो भागमा पाँच इन्चसम्म हिउँ परेको स्थानीयले बताएका छन । हिमपातसँगै हवाइ सेवा भने बन्द भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसोपनि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना औल्याइएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भूभागका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रतिक्रिया